काठमाडौं, २६ भदौ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राजपा नेपालले संविधान दिवसको दिन अर्थात असोज ३ गते सम्पूर्ण मधेसमा ब्ल्याक आउट गर्ने भएको छ ।
राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको एक नेताले रिपोर्टर्स नेपाल डटमलाई जानकारी दिए । संविधान दिवसको दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै राजपाले उक्त दिन विरोध प्रदर्शन र सभा पनि गर्ने निर्णय गरेको पार्टीका महासचिव केशब झाले जानकारी दिए ।
संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको छ ।