काठमाडौँ । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज देशभरका शिवालयमा पूजापाठ तथा नाचगान गरी मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । भाद्रशुक्ल द्वितीयाका दिनदेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।
सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ । हिन्दु धर्मग्रन्थका अनुसार पिता हिमालयले पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन खोजेका थिए । तर, पार्वतीले शिवलाई पतिका रूपमा पाउन व्रत बसिन् । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख गरिएको छ । सोही बेलादेखि तीजको व्रत बस्न थालिएको धर्मग्रन्थमा जनविश्वास रहदै आएको बताईन्छ ।
सोही कारण अविवाहित महिलाहरू असल पति पाउने आकांक्षामा यो व्रत बस्ने र विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै व्रत बस्ने र शिवको पूजापाठ गर्ने परम्परा रहदै आएको छ ।पानी पनि नपिई ब्रत बसे पतिको आयू वढ्ने पुरानो मान्यतालाई तीजले अहिले सम्म कायम राखेको छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको महान चाडको रुपमा हेर्ने गर्रिएको पाईन्छ ।
हरितालिका तीजको ब्रतलाई एक कठिन ब्रतको रुपमा मानिने गर्दछ । आजको ब्रतमा कुमारी केटीदेखी लिएर विवाहित महिला सबैले ब्रत बस्न पाँउने भएकालेपनि यसको महत्व रहेको जनाईन्छ । महिलाले गर्ने ब्रतलाई लिएर पुराणमा कयौ निती नियमहरु रहेका पाईन्छन । पुराणका अनुसार यदि कोहि महिलाले बिर्सेरपनि केहि गल्ती गरेमा अर्काे जुनीमा त्यसको सजायको भागी हुनुपर्ने किम्बंदन्तिहरु रहेका पाईन्छन । सास्त्रका अनुसार महिलाले निपूर्ण रहेर ब्रत बसेमा त्यस्को फल राम्रो मिल्ने तथा मनोकामना पुराहुने जन विश्वास रहि आएको पाईन्छ । पुराण तथा सास्त्रहरुमा हरितालिका तीजको ब्रतको दिन महिलाहरुले भुलेरपनि गर्न नहुने किवंदन्तीहरु रहेका छन । जून यस प्रकार उल्लेख गरिएको छ ।
-भनिन्छ, हरितालिका तीजको दिन महिलाले आफुलाई शान्त रुपमा राख्न सक्नु पर्छ । यदी महिलाको अनुहार तथा व्यवहारमा कुनै त्यस्तो प्रकारको क्रोध देखिएमा त्यसलाई अशुभको रुपमा हेरिने गर्देछ । मनमा रहेको क्रोधलाई शान्त राख्नकैलागि महिलाहरुले हातमा मेहन्दी लगाउने चलन रहिआएको पनि मानिन्छ जसले मस्तिस्कलाई शान्त राख्न सहयोग पुर्याउने जनमानसमा आस्था रहेको जनाईन्छ ।
-मान्यता त यो पनि रहेको छ कि यदि ब्रत बस्ने महिलाले रातभरि जग्राम नबसेर सुतेमा उनलाई अर्काे जन्ममा अजिङगरको यानीमा जन्म लिनु पर्ने छ ।
-हरितालिका तीजको दिनमा कुनै महिलाले कुनै प्रकारको भोजन खाएमा अर्काे जन्ममा बादरको रुपमा जन्मनु पर्ने भनाई रहदै आएको पाईन्छ ।त्यसै कारणपनि आजको दिनमा निराहार ब्रत बसि नाचगान गरि मनाउने चलर रहिआएको पाईन्छ ।
-तीजको दिनमा कुनै महिलाले पानीसम्म पनि पिएमा अर्काे जन्ममा माछाको रुपमा जन्महुने जनविश्वास रहदै आएको छ ।
-धार्मीक ग्रन्थहरुमा लेखिएको छ यदि कुनै महिलाले ब्रत बसेको समयमा दुध खाएमा उसले अर्काे जन्ममा सर्पको रुपमा जन्म लिएर सजायको भागीदार रहनु पर्ने जनाईएको छ ।तर यो सबै एक किसमको भनाईमात्र भएको तथा त्यस्मा कुनै सत्यता नरहेको कारण स्वास्थको ख्याल गरेरमात्र ब्रत बस्नुपर्ने स्वास्थकर्मीहरुको भनाई रहेको छ ।