कौरव खत्रीः गुल्मी । पौंदी सेभ सोसाईटीले एक विरामी व्यक्तिको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । सोसाइटीले गत शनिवार आन्द्रामा क्यान्सर भई केही समय देखि पीडित रहेका कपिलवस्तु जिल्ला वाँणगंगा नगरपालिका वडा नं.६ निवासी केशव पोखे्रललाई स्वास्थ्य उपचारमाको लागि ८५ हजार रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्त्रण कार्यमा वाणगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री शुकदेव थारुको प्रमुख आतिथ्यता रहेको थियो । पौदी सेभ सोसाइटीले जिल्लाको साविकको वडागाँउ गा.वि.स.दजाकोटको अग्नी पिडित वस्ती र वागलुङ्ग जिल्ला साविक ग्वालीचौर गा.वि.स वालुवामा वाढी पिडितहरु राहत स्वरुप आर्थिक सहयोग गरेको थियो ।
साथै गुल्मी जिल्ला साविक पौँदी अमराई गा.वि.स. वडा नं. ४ निवासी दुर्घटनामा परि घाईते भएका कमल गिरीको लागि कमल गिरी बचाउ अभियान सञ्चाालन मार्फत राहत स्वरुप सहयोग रकम हस्तान्तरण गरेको थयो भने वागलुङ्ग जिल्ला साविक ग्वालीचौर गा.वि.स. निवासी मृगौला पिडित तिल बहादुर जी.सीलाई सहयोग रकम हस्तान्तरण थियो ।
साथै संस्थाले गुल्मी जिल्ला साविक पौँदी अमराई गा.वि.स. वडा नं. ४ निवासी चुरा वहादुर नेपाली किरिया खर्चमा आर्थिक सहयोग गरेको थियो भने अर्घाखाँची जिल्ला मरेङ्ग गाँउपालिका बस्ने अविभावक विहीन बच्चाहरु वावुको मृत्यु भएको र आमाले छोडेर दोस्रो विवाह गरेको ७२ वर्षिय हजुर वुवाको संरक्षकत्वमा रहेका ३ जना नावालक बच्चाहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको । साथै पौंदी सेभ सोसाईटीका युवा समाजसेवी भेष बहादुर थापाले कार्यक्रमको वारेमा प्रकास पार्नु भएको थियो ।