Logo

बुलिङटारमा आलु खेती चार दिने तालीमको उद्घाटन



काठमाडौं । नवलपरासिको बुलिङटार गाउँपालिकाको सहयोगमा गङ्गा कृषि सहकारी संस्थाद्वारा, अगुवा कृषक आलु खेती चार दिने तालीमको उद्घाटन, नवलपरासी बर्दघाट सुस्तापुर्व बुलिङ टार गाउँपालिका वडा नम्बर ६ मा सम्पन्न भएको छ ।

देशका विभिन्न जिल्लमा कृषि तथा फलफूल उत्पदन गरेर पनि कृषकहरुले राम्रो आम्दानीको स्रोतबाट बन्चित एवं पिछडिएका हरुलाई सहजीकरण गराउनको लागि लक्ष्य लिएर भरखरै स्थापित उक्त श्रीगङ्गा कृषि सहकारी संस्थाको यो पहिलो चार दिने तालिमको आयोजना भएको हो ।

संस्थाका अध्यक्ष गङ्गाधर पाठकको सभापतित्व रहेको सोहि तालिमको उद्घाटनमा, बुलिङटार गाउँपालिकाका अध्यक्ष सशिकिरण बस्ताकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै बिशिस्ट अतिथिमा, बुलिङटार गाउँपालिकाका कार्यकारी अधिकृत बालकृष्ण अधिकारी रहेका थिए भने अन्य अतिथी हरुमा,बुलिङटार गाउँपालिका स्वस्थ्य शाखा प्रमुख अशोक श्रेष्ठ, बुलिङटार गाउँपालिकाका इन्जिनियर दिपेस क्षेत्री, बुलिङटार गाउँपालिका वडा नं ६ का अध्यक्ष सुर्यबहादुर राना, बुलिङटार गाउँपालिका वडा नं ४ का अध्यक्ष चेतबहादुर गोदामी, सोही संस्थाका सल्लाहकार मोहनराज पाठक, आलु खेतिका प्रशिक्षक सागर घिमिरे लगायत विभिन्न ब्यक्तीहरु रहेका थिए ।

२९ गतेबाट उद्घाटन भएको उक्त तालिम कार्यक्रम आगामी असोज १ गते समापन हुने छ । तालिममा करिब ८० जना कृषकहरुको सहभागी रहने, आयोजक समितिले जनाएको छ । सम्पुर्ण सहभागी कृषकहरुलाई प्रशिक्षक सागर घिमिरेले तालिम दिने छन् ।

सोही संस्थाले यहि २०७५ साल भित्र दुई सिजन गरि ६ सय कुइन्टल आलु लगाउने लक्ष्य लिएको पनि संस्थाले जनाएको छ । कार्यक्रममा शुभकामना मन्तब्य दिँदै गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटिले भने, बिकाश निर्माणको लागि कुनैपनी राजनीति हेर्ने र बिरोध गर्ने कार्य त्याग्न जरुरी छ ।

राजनितिको पक्ष र बिरोध गर्नाले यो ठाँउ बिकाशमा पछाडी परेको, अध्यक्ष बस्ताकोटीले बताएका छन् । काङ्ग्रेसले आयोजना गर्यो भने नेकपाले बिरोध गर्ने, नेकपाले आयोजना अथवा सुरुवात गर्यो भने काङ्ग्रेसले बिरोध गर्ने हो भने कुनैपनी बिकाशको काम अगाडी बढ्दैन, बरु एउटा योजना लिएर आउनुहोस् जुनसुकै पार्टीले आयोजना गरेपनी सहयोग गर्न तयार छु, तर फलानो पार्टीले आयोजना गरेको त्यो कार्यक्रममा हामी किन सहभागी हुनेरु कसैले पनि यस्तो धारणा लिन नहुने गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीले बताएका छन् ।

माधव पोखरेलले संचाल गरेको उक्त कार्यक्रममा, डोलराज घिमिरे, मोहनराज पाठ, वडा अध्यक्ष सुर्य बहादुर राना लगायत अन्य बिशिस्ट ब्यक्तीहरुले पनि शुभकामना मन्तब्य दिएका थिए ।

तस्बिर बाबुराम सिग्देल



प्रतिक्रिया दिनुहोस्