Logo

देउवाले भने–अबको सभापति पनि मै हुँ, पौडेलले विश्राम लिए हुन्छ



काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेसको भूमिका र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको भन्दै थाकेकाहरुलाई पार्टीबाट विदा लिन सुझाब दिएका हुन् । कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गर्नु भएको थियो । सोही प्रसंग उल्लेख गर्दै सभापति देउवाले आफू अझै नथाकेको बताए । सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाही गर्न आफूले प्रस्ताव राख्दा पनि नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

सभापति देउवाले सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिईरहेको आरोप पनि लगाए । उनले पन्तका हत्यारा पत्ता नलगाए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए । महामन्त्री शशांक कोइरालाले पार्टी नेतृत्व हस्तातरण गर्न सभापति देउवासँग आग्रह गरेका थिए । उनले पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको नेतृत्व गर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । पार्टीलाई अघि बढाउन गुट, उपगुट अन्त्य गरेर अघि बढनुको विकल्प नरहेको महामन्त्री कोइरालाको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्