Logo

शेखर कोइरालाको आरोप :”केपी ओली शक्तिको भोको हुन्”



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा शक्तिको भोको रहेको आरोप लगाएका छन् ।

कोइरालाले प्रधानमन्त्रीलाई ‘शक्तिको भोको’को संज्ञा दिए। राष्ट्रिय अनुसन्धान, सम्पत्ति सुद्धिकरण विभाग र एनजिओे आइएनजिओ अनुगमन प्रधानमन्त्री मातहत हुनु प्रधानमन्त्रीमा शक्तिको भोक जागेर भएको आरोप लगाए।

कोइरालाले वर्तमान सरकार संघीयता विरोधी भएको आरोप लगाएका छन्। उनले भने,”वर्तमान सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतिर उन्मुख भएको छ।’

वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका र आगामी चुनौती विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले देश अराजकतातर्फ गइरहेको बताए। लोकतन्त्र र संघीयता भएका देशमा प्रधानमन्त्रीले प्रदेशसभामा भाषण गर्ने परम्परा कहीं नभएको दाबी गरे। ‘संघीयतालाई असफलता गराउन कतै सरकारले नै कर आतंक सिर्जना गरेको त छैन?’, सरकारप्रति शंका व्यक्त गर्दै उनले प्रश्न गरे।

कोइरालाले वर्तमान सरकारले लोकतन्त्रका आधारभुत सिद्धान्तहरु मिच्दै गएको ठोकुवा गरे। उनले भने, ‘दुई तिहाइको सरकारलाई कानुन, राज्य मै हुँ भन्ने परेको छ। सरकार जे बोल्यो त्यही कानुन हुन्छ भन्ने सरकारको दम्भ छ।’

 



प्रतिक्रिया दिनुहोस्