Logo

केपी ओलीले प्रचण्डलाई सचेत गराउँदै भने-हाम्रो एकता जाने श्रीखण्ड, नजाने खुर्पाको बिड



भदौ ३०, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले पार्टीलाई मजबुत बनाउन नसके असफल हुन सक्ने चेतावनी दिएका छन् ।

तात्कालिन माओवादीका नेता पोष्टबहादुर बोगटीको चौथाँै स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई श्रीखण्ड बनाउने वा खुर्पाको बिड बनाउने भन्ने कुरा सबै नेता कार्यकर्ताको हातमा रहेको बताए ।

पछिल्लो सयम आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउने षडयन्त्र भइरहेको भन्दै उनले एकतालाई कमजोर बनाउन खोजिएको दावी गरे ।

दाहाल र आफूबीचमा कतिपय कुरा नमिल्न सक्ने भन्दै ओलीले यसको फाइदा लिन चाहनेहरु धेरै भएको बताए । यो कुरा बुझ्न नसके असफल भइने भन्दै उनले दाहाललाई सचेत गराएका छन् ।

“बुझेर अगाडि बढ्यौँ भने श्रीखण्डले जस्तै विश्वव्यापी रुपमा सुगन्ध फैल्याउन सक्छौँ । नभए खुर्पाको बिड जस्तो हुन्छ ।” ओलीले भने ।

पछिल्लो समय कम्युनिष्ट पार्टीभित्र हमला भइरहेको उनको तर्क छ । एक अर्को माथि हमला हुँदा चुप लागेर बस्न नहुने भन्दै उनले हामी एक छौँ भने सन्देश दिनुपर्ने बताए ।

ओलीले नेताहरुलाई सरकारको बचाउ गर्न सुझाब दिए ।

कार्यक्रममा ओलीले तत्कलिन माओवादीका नेता पोष्टबहादुर बोगटीको प्रशंसा गरेका थिए । दाहालले पनि बोगटी इमानदार र अनुशाशित नेता भएको भन्दै उनको अनुशरण गर्न नेताहरुलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्