बाग्लुङ । जिल्लाको बडिगाड खोलामा थुनिएको झण्डै दुई किलोमिटर लामो ताल बग्न सूरु गरेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरेको हो ।
खोला बग्न सूरु गरे पनि त्यस खोलाको आसपासमा भने जोखिम टरिसकेको छैन । खोला थुनिएको जानकारी पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासमा जुटेका भएपनि खोलाको बहाव शनिबार बिहान साढे पाँच बजेबाट आफै बग्न थालेको बाग्लुङका प्रहरीले जनाएको छ ।