Logo

मानव अधिकार आयोगले बोलाउँदापनि गृहमन्त्री गएनन्



काठमाडौं, ३१ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय मानव अधिकार आयोगले बोलाउँदापनि आज गएनन् । आयोगका सदस्य सुदिप पाठकले दिएको जानकारी अनुसार गृहमन्त्री थापाले आज आउँछु भनेर हिजै समय दिएको भएपनि आज विशेष कारणवश आउन नसकेको खबर गर्दै भोली आउने प्रतिबद्धता जनाएका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दा वास्तविक अपराधी पत्ता नलागेकोले निर्मलाका आमा–बुवा न्याय माग्न काठमाडौंमा छन् । यही घट्नाको विषयमा छलफल गर्न आयोगले गृहमन्त्री थापालाई बोलाएको हो ।

सदस्य पाठकका अनुसार गृहमन्त्री थापा प्रधानमन्त्री ओलीसँग छलफलमा व्यस्त भएकोले आज आयोग आउन नभ्याएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्