Logo

यौन व्यवसाय कानून विपरित कुरा हो, मुख्यमन्त्रीले माफि माग्नुपर्छः चन्दा चौधरी



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिने कि भन्नेबारे बहस थालनी गर्नु पर्ने बताएका गण्डकी प्रदेशका मुख्य मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेकी छन् ।

नेपालको जस्तो धार्मिक सांस्कृतिक परिवेशमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने उनको धारणा छ । यसै सन्दर्भमा हामीले बीबीसी न्यूज नेपालीको विहानीपखमा सांसद चन्दा चौधरीसँग कुराकानी गरेका थियौँ।

यौन व्यवसायलाई वैध बनाउनेबारे बहस गर्ने कि भन्ने गण्डकी प्रदेशका मुख्य मन्त्रीको भनाइप्रति तपाईँको आपत्ति किन ? भनेर बीबीसीले सोधेको प्रश्नको उत्तरमा उनले भनिन् ‘हाम्रो सस्कृतिले दिदैन,हाम्रो सस्कारले दिदैन, यसरी यौन व्यावसायलाई कानूनी मान्यता दिने हो भने महिला हिंसा बढ्छ । हामीले महिला हिंसाको अन्त्य र सम्मानित नारीको खुसि जीवनको कल्पना गरिहरका छौं ।

उनले अघि थपिन,‘यो कुराको बारेमा राष्ट्रिय वहस चलाउनुपर्छ, हाम्रो देशमा सम्मानित नारी हो, दक्षिण एशियमामै हाम्रो देशमा नारीहरुको अस्तित्व ऐतिहासिक छ, मुख्यमन्त्रीले जे पयो त्यहि बोल्नु हुँदैन ।’

अब के गर्ने त भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनिन्,‘नैतिकका आधारमा राजिनामा दिनुपर्छ, या तमाफि माग्नुपर्छ, पार्टीपनिले कारबाही गर्नुपर्छ, वहस गर्नुपर्छ भन्ने कुरा स्वभाविक छ, तर यसलाई वैध बनाउने कुरामा कसैले सहमति गर्दैन, कर उठाउने र राजश्व बढाउने भनेर भन्नु भयो यो नारीको अपमानको लागि खर्चिएको शब्द हो ।’



प्रतिक्रिया दिनुहोस्