Logo

नेकपाका नेताहरु लर्को लागेर पुगे चिन, राजन भट्टराईले गरे यस्तो खुलासा



असोज २, काठमाण्डौ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चिन भ्रमणमा छन् । संघीय मामला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित पनि चिन पुगेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन पनि चिन जाँदैछन् । नेपाल कम्युनिष्ट पार्टीका नेता डा.राजन भट्टराईले नजिकको छिमेकी र नजिकको राष्ट्र भएकाले चिन जानु स्वभाविक भएको बताएका छन् ।

चिनमा हिुने विभिन्न कार्यक्रमका लागि निम्तो आएकाले नेताहरु चिन गएको भन्दै एकैपटक धेरै नेताहरु चिन जानु संयोग मात्र भएको उनले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै परराष्ट्रविद्समेत रहेका भट्टराईले नेकपाका नेताहरु मात्र नभै अरु दलका नेताहरु पनि विभिन्न देशमा हुने कार्यक्रमका लागि विदेश पुग्ने गरेको उदाहरण दिए ।

नेताहरुको भ्रमण औपचारिक नभै अनौपचारिक मात्रै भएको उनले बताए । “पार्टीको तर्फबाट औपचारिक भए पनि राष्ट्रका हिसाबले अनौपचारिक हो । उहाँहरुले कुनै सम्झौता गर्ने अधिकार लिएर जानुभएको होइन ।” भट्टराईले भने ।



प्रतिक्रिया दिनुहोस्