मोहन तामाङ: संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ सभाखोला आसपासमा अवैधरु पमासञ्चालनमा रहेको सभा क्रसर उद्योगमाथि सिलबन्धि गरिएको छ ।
वन कार्यालयले सभाखोला आसपासमा अवैध रूपमा सञ्चालनमा आईरहेका दुईवटा क्रसर उद्योग सिल गरेको जानकारी दिएको छ । सामुदायिक वनले खोलानाला र वन वातावरणको क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीयले जिल्ला वन कार्यालयलाई जानकारी गराए पछि क्रसर उद्योग वन्द गरिएको जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले बताए ।
तुम्लिङ्गटारमा रहेको अरुणसभा सामुदायिक वन र चैनपुर नगरपालिकाभित्र पर्ने सामुदायिक वनले खोलानाला र वन वातावरणको क्षेत्रमा प्रभाव पारेको भन्दै बिरोध जनाएका थिए ।
संखुवासभामा लामो समयदेखि खाँदबारी नगरपालिका र चैनपुर नगरपालिका क्षेत्रमा पर्ने दुईवटा क्रसर उद्योग संचालनमा रेहेका थिए ।
केही दिनअघि जिल्ला वन कार्यालय र सरोकारवाला नियकाहरूका प्रतिनिधिहरूले स्थलगत अनुगमनपछि क्रसर उद्योगमा सिलबन्दी गरेका हुन् ।
वन कार्यालयले पटकपटक क्रसर उद्योग सञ्चालकलाई सम्पूर्ण काजजातहरू कार्यालयमा पेस गर्न पत्राचार गरे पनि उनीहरूले अटेर गरेर बसेका सहायक वन अधिकृत पराजुलीले बताए । उनीहरूको क्रसर सञ्चालन गर्ने केही वैधानिक कागजात नभएको पाइएकाले क्रसर उद्योग बन्द गरिएको जिल्ला वन कार्यालय जनाएको छ ।
वन तथा वातावरण ऐनअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र वातावरणलाई प्रभाव पार्नेगरी क्रसर उद्योग सञ्चालन गर्न नपाइने प्रावधान छ । साहयक अधिकृत पराजुलीका अनुसार, संघीय संरचनाको नियमअनुसार कुनै पनि नगर क्षेत्रभित्र क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन ।
विकास निर्माणका ठूलो आयोजनाहरू सञ्चालन गर्नका लागि निश्चित अवधीको लागि मात्रै क्रसर उद्योग जिल्लामा सञ्चालन गर्न पाउने नियम छ । उक्त नियमलाई आधार बनाएर चैनपुर–टुटेदेउराली सडक निर्माण गरिरहेको रौटा निर्माण कम्पनीले कच्चा पदार्थ उत्पादनका लागि भन्दै क्रसर उद्योग सञ्चालन गरेका थिए ।
खोलामा क्रसर उद्योगनै सञ्चालन गर्न भनेर कुनै पनि मन्त्रालय र सरकारी कार्यालयहरूले अनुमति दिने नियम नभएको वन कार्यालयको भनाइ छ । क्रसर उद्योग सञ्चालन गर्ने कानुनी रूपमा कुनै नियम नभएको उनले बताए।