काठमाडौं, ३ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई सत्ताको भ¥याङमात्रै बनाएको आरोप सत्तारुढ दल नेकपाकै नेताले आरोप लगाउन थालेका छन् ।
संविधान संशोधनमात्रै गरेर हुँदैन यसलाई पूनर्लेखन नै गर्नुपर्ने अडान सुरुमा उपेन्द्रले लिएका थिए । उनले मधेशमा आन्दोलनसमेत चर्काए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री भएर सत्तारोहण गरेपछि अहिले संशोधनको मुद्दा यादवले छोडेको उनकै पार्टीका नेता तथा कार्यकर्ताहरुले आरोप लगाउन थालेका छन् ।
यादवले मधेश आन्दोलनलाई सत्ताको भ¥याङ बनाएको आरोप स्वयम् मधेशी जनताले लगाउन थालिसकेका छन् । यादवले यसपटको संविधान दिवसमा पार्टीको तर्फबाट कुनै विरोधका कार्यक्रमसमेत आयोजना गरेनन् ।
यता नेकपाका नेता एवम् राष्ट्रिसभा सदस्य रामनारायण बिडारीले तत्काललाई संविधान संशोधनको च्याप्टर क्लोज भएको दाबी गरेका छन् । विडारीले भने,‘ उपेन्द्र भनेको सत्ता लोलुपता भएको व्यक्ति हुन् । उनले संविधानको विरोध गर्ने हो भने सत्ता छोड्नुपर्छ । उनले नैतिक अधिकार गुमाईसकेका छन् ।’
यादवले संविधान संशोधनको एजेण्डालाई सत्तामा चढ्ने भ¥याङ बनाएको पनि विडारीको गम्भिर आरोप छ ।