काठमाण्डौ । वि सं २०७० सालदेखिको तथ्ंयाकलाई हेर्ने हो भने नेपाल आयल निगमले ५० पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । यो वर्षमात्र ७ पटक मूल्य समायोजनाका नाममा भाउ बढाएको छ ।
मूल्यवृद्धिको सर्वसाधारणले विरोध गरेपनि यो नियमित र वैज्ञानिक प्रकृया भएको आयल निगमले जवाफ दिने गरेको छ ।
नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेको भन्दै नेपालमा पनि पेटोलियम पदार्थको मूल्य सोमबारदेखि लागु हुने गरी बढाएको छ । नेपाल आयल निगमले पेटोलको १ सय १२ रुपैया, डिजेल र मट्टितेलको ९८ रुपैया पुर्याएको छ । निगमका प्रवतmा वीरेन्द्र गोइतका अनुसार २०७० साल यताको तथ्ंयाक हेर्ने हो भने २० पटक मूल्य घटाएको र १७ पटक मूल्य समायोजन गरिएको बताए ।
उनले नेपाल आयल निगमले भा।रतीय आयल कर्पोरेसनसँग सम्झौता गरेअनुसार भारतले प्रत्येक १ र १६ तारिखमा पेटोलियम पदार्थको मूल्य नेपाललाई पठाउने गरेको छ । त्यसैको आधारमा नेपालले मूल्य निर्धारण गर्नुपर्छ । उनले यस विषयमा नेपाल आयल निगमले केही गर्न नसक्ने प्रतिक्रिया दिए ।
नेपाल आयल निगमले बाध्यता भनिरहँदा सर्वसाधारण बारम्बारको मूल्य वृद्धिका कारण आक्रोशित बनेका छन् । श्रम गरेर बिहान बेलुकाको छाक टार्नृूपर्नेका लागि मूल्यबृद्धि अभिशाप भएको उनीहरुको गुनासो छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ अरु सामानमा पनि मूल्य बढ्ने हुनाले सर्वसाधारण मर्कामा पर्ने गरेको उपभोक्ता बताउँछन् ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य एक डलर बढ्दा नेपाल आयल निगमले करिब १५ करोडको हाराहारीमा घाटा व्यहोर्नुपर्छ । जसले गर्दा निगमले अहिलेको समयमा ३१ करोडको हाराहारीमा घाटा खाइरहेको प्रवक्ता गोइतका दावी छ । उनले पछिल्लो एक वर्षमा १ बर्षमा इन्धनको मूल्य दोब्बर मूल्य भएको बताए ।
इन्धनमा परनिर्भर अवस्थामा रहेको नेपालले यसको मूल्य नियन्त्रण गर्न सक्दैन भारतबाट आयात हुने इन्धनमा विकल्प नहुञ्जेल भारतीय आयल कर्पोरेशनकै मूल्य सूचिमा चल्नुपर्दा सर्वसाधारणले चाहेजस्तो मूल्य नियन्त्रण सम्भव नहुने देखिएको छ ।