काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउनेगरि आज छलफलमा जुटेका छन् ।
महाअभियोग लगाउनेबारे नेकपाका सांसदहरुले तीब्र तयारी गरिरहेका छन् । सिंहदरवारस्थिति नेकपाको संसदीय दलको कार्यालयमा अहिले सांसदहरु महाअभियोगका विषयमा छलफल गरिरहेका नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
उनका अनुसार पार्टी्भित्रै जोशीविरुद्ध महाअभियोग लगाउनेबारे एक किसिमको निर्णय भैसकेको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारेमा छलफल गरिसकेका छन् । उनीहरु आजै निर्णयमा पुगे जोशीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुने स्रोतको दाबी छ ।