Logo

अनिल झाले भने– संबिधान संशोधन गरे नेपालको लोकतन्त्र विश्वमा नै उदाहरणीय



असोज ६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संबिधान संसोधन गर्न सके नेपालको लोकतन्त्र विश्वमा नै उदाहरणीय बन्ने बताएका छन् ।

जनताको अधिकार प्रत्याभूत गर्न सके नेपाल जस्तो राम्रो लोकतन्त्र कुनै देशमा नहुने भन्दै झाले संविधान संशोधनको माग गरेका हुन् । संघिय संसदको आयोजनामा काठमाडौको बसन्तपुरमा जारी लोकतन्त्र मेलामा शनिबार आयोजित अन्तक्र्रिया कार्यक्रममा झाले अहिले मुलुक संघियतामा गईसकेपछि लोकतन्त्रलाई बलियो बनाउन सबै एक हुनुपर्ने बताए । उनले अहिलेको संबिधानले महिलालाई दिएको अधिकार सकारात्मक बिषय भएको बताए ।

झाले निर्वाचनपछि तीन तहको सरकार बनेको र जनताको अधिकार जनताकै घर दैलोमा पुग्नु सकारात्म बिषय भएको धारणा राखेका थिए । लोकतन्त्र मेलामा बिभिन्न दलको स्टल पनि राखिएको छ । नेपालको राजनीतिलाई बिश्वसामू परिचित गर्नका लागि मेला आयोजना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्