इलाम, ७ असोज / नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।
महासङ्घको आज बसेको बैठकले तत्काल रु ५० हजारको राहत कोष स्थापना गर्ने र पछि रकम बढाउँदै लैजाने निर्णय गरेको महासङ्घका सचिव ख्याम भुजेलले जानकारी दिनुभयो ।
कोष निर्माण गर्न शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा उपसमिति गठन गरिएको छ । बैठकले वार्षिकरुपमा मेचीका उदीयमान पत्रकारलाई वितरण गरिँदै आएको आशिष स्मृति पुरस्कार कोष रु एक लाखको बनाउने निर्णय गरेको छ । हाल कोषमा रु ६० हजार रहेको छ । (रासस)