Logo

अमेरिका पुगेका ओली ट्रम्पसँग हात मिलाउने प्रतिक्षामा



असोज ९, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली अहिले अमेरिकामा छन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागि हुन गएका ओली विभिन्न कार्यक्रममा व्यस्त छन् ।

महासभाका अवसरमा उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग भेट्ने प्रयास गरेका छन् । सकेसम्म उनीहरुसँग वान टु वान भेट गर्ने प्रयास ओलीले गरेका छन् ।

त्यसैगरी क्यानडाका प्रधानमन्त्रीसँग पनि भेट्ने सम्भावना रहेको बताइएको छ । भेटका अवसरमा ओलीले नेपालमा लगानी भित्र्याउन आग्रह गर्नेछन् ।

महासभाका अवसरमा सार्क मन्त्रीस्तरीय बैठक भने नहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महासभामा नगएकाले बैठक नहुने भएको हो । उता पाकिस्तानसँगको सम्बन्ध राम्रो नभएकाले पनि भारतले सार्क मन्त्रीस्तरीय बैठक नचाहेको हो ।



प्रतिक्रिया दिनुहोस्