हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताएका छन् ।
न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उहाँले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटौडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गरे । हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने भएकाले ठूलो रकम खर्च हुने पनि उनको तर्क थियो । रासस