Logo

रोनाल्डो र मेस्सिको दबदबा रहेको अर्वाड पहिलो पटक लुकाले जिते



काठमाडौं । फिफा उत्कृष्ट खेलाडीको अवार्ड क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको उक्त अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर लुका मोडरिकले तोडेका हुन् ।

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९।०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए । उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए । ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।

फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्