Logo

आन्तरिक लेखा परिक्षक पक्राउ



मोहन तामाङ: संखुवासभा । संखुवासभाको धर्मदवी नगरपालिका कार्यालयमा कार्यरत आन्तरिक लेखा परिक्षक दावा भोटे र एक अर्का व्यति पक्राउ परेका छन् । भोटेसंगै षडानन्द नगरपालिका १३ स्थाई घर भई हाल चैनपुर ११ बस्दै आएका सौरोज तामाङलाई पनि प्रहरीले प्रकाउ गरेको हो । दुवैजनालाई सरकारी छाप दस्तखत किर्ते मुदामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार सभाखोला प्रहरी चौकिले सभाखोला चेकपोष्टमा चेकजाचको क्रममा तामाङको साथमा शंकास्पद रसिदका ठेली, कागजातहरु र रसिद काटेको रकम सहित फेला पारि पक्राउ गरेको हो । प्रहरीको भनाइ अन’सार उनीहरुले जिल्ला समन्वय समितीको नक्कली छाप र विल प्रयोग गरेको बताइएको छ ।

उनीहरुले जिल्ला समन्वय समितीको निकासी वापत करको रकम अस’लेको प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालयले संख’वासभाका प्रहरी प्रमुख डिएसपी श्यामसारु मगरले जानकारी दिए । सौरोजलाई भोटेले काममा लगाएको खुलासा भएको जिल्ला प्रहरीले जनाएको छ । उनिहरु दुवै जनालाई म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । भोटे तत्कालीन जिल्ला विकास समितीका कर्मचारी समेत हुन ।



प्रतिक्रिया दिनुहोस्