Logo

इजलासमा जरिवानावापतको लगत उठेन



बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवानावापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन ।

सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश कुमार पोखरेलले दण्ड जरिवानावापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको बताएका छन ।

उच्च अदालत तुलसीपुर, बुटबल इजलास अदालतअन्तर्गत रुपन्देही जिल्ला अदालतको रु १७ करोड ८४ लाख, कपिलवस्तु जिल्ला अदालतको रु ४ करोड ५५ लाख, नवलपरासी जिल्ला अदालतको रु ११ करोड ५६ लाख, पाल्पा जिल्ला अदालतको रु ६ करोड ७३ लाख, गुल्मी जिल्ला अदालतको रु १७ करोड ६५ लाख र अर्घाखाँची जिल्ला अदालतको रु ५३ लाख लगत उठन सकेको छैन ।

लगत अदालत स्थापना भएदेखि अहिलेसम्मको हो । चालू आवको भदौ मसान्तसम्म रु एक करोड १६ लाख लगत दण्ड जरिवानाको सङ्कलन भएको छ । सो अवसरमा मुख्य न्यायाधीश पोखरेलले न्यायाधिशको एकल प्रयासबाट मात्रै न्याय सम्पादन हुन नसक्ने उललेख गर्दै अदालती प्रक्रिया ढिलो हुने गरेको जानकारी गराए ।

उनले मातहतका अदालतमा दुई वर्ष नाघेका मुद्दा पनि भएको जानकारी दिँदै मुद्दामा फैसला मात्रै हँुदैन मेलमिलाप पनि हुने जानकारी दिएका छन । उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिष्ट्रार ठगिन्द्र कट्टेलले मानव शंसाधन, बजेट तथा स्रोत साधनलगायतका विभिन्न समस्या र चुनौती अदालतसँग रहेको बताउन्छन ।



प्रतिक्रिया दिनुहोस्