काठमाडौं, २९ असोज ।पोखरा प्रिमियर लिगसंगको मेडिकल पार्टनरको रुपमा ग्रान्डी इन्टरनेसनल अस्पतालले सम्झौता सम्पन्न गरेको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाईरेक्टर डा चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्झौतामा हस्ताक्षर गरेका छन ।
पिपिएलका खेल संचालन हुने मैदानमा चाहिने फिजियोथेरापिस्ट,स्वास्थ्यकर्मीदेखि मेडिकल सामग्रीहरु उपलब्ध गराउने सम्झौतामा डा चक्रराज पाण्डे हस्ताक्षर गरेको जनाईएको छ ।
नेपाली राष्ट्रि क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखी राष्ट्रिय टिमका खेलाडीहरुले सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएको स्मरण गरेका थिए ।
६ टिमको सहभागिता रहेको पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुन गैरहेको छ । खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।