पोखरा, ३१ असोज । पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक पोखरा रंगशालामा कात्तिक ९ गतदेखि सुरू हुने क्रिकेट टि–२० प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन र पोखरा पल्टनबीच हुनेछ।
त्यसैगरी, दोस्रो खेल चितवन राइनोजले बुटवल ब्लाष्टर्ससँग खेल्ने छ। कात्तिक १० गतेको दोस्रो खेल भने हुलास काठमाडौं रोयल्सले एक्सपर्ट धनगढीसँग प्रतिस्पर्धा गर्ने छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रिमियर लिगमा पोखरा पल्टनले तेस्रो दिन बुटवल ब्लाष्टर्ससँग खेल्ने छ। त्यसभन्दा अघि विराटनगर टाइटनले एक्सपर्ट धनगढीसँग खेल्ने छ। बुटवल ब्लाष्टर्समा पोखरेली खेलाडी विपिन खत्री समावेश छन्।