Logo

बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सी तीन हप्ता मैदान बाहिर रहने



काठमाडौं, ४ कात्तिक । सेभिल्लालाई हराउँदै स्पेनिस महारथी बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

बार्सिलोनाको जितमा फिलिप कौटिन्हो, मेसी, लुइस सुआरेज र इभान राकीटिचले एक-एक गोल गरे। खेलको दोस्रो मिनेटमै कप्तान मेसीको पासमा फिलिप कोउटिन्होले  गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाए।

खेलको १२ औं मिनेटमा लुइस सुआरेजको पासमा कप्तान मेसीले गो गर्दै अग्रता दोब्बर पारे। खेलको २६ औं मिनेटमा कप्तान मेसी घाइते भएर मैदान छोड्नु पर्‍यो। फ्रान्को भाज्केज र मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको काँधमा चोट लागेर उनी बाहिरिए।

मेसीको अनुपस्थितिमा पनि बार्सिलोनाले लय छोडेन। पहिलो हाफमा २-० ले अघि रहेको बार्साले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

दोस्रो हाफको ६३ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै टोलीलाई ३-० ले अगाडि पुर्याए। गोलरक्षक टोमस भाक्लिकको गल्तीमा सुआरेजले प्राप्त पेनाल्टीलाई सहजै गोल गरेका थिए।

खेलको ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाका लागि गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाए। तर इभान राकीटिचले ८८ औं मिनेटमा गोल गरेपछि बार्साको अग्रता ३-१ मा पुग्यो।

खेलको अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याएका थिए। यो जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ।

दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन्। रियल म्याड्रिड १४ अंकसहित लिगको पाँचौ स्थानमा छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्