Logo

भारत–वेस्ट इन्डिज चौथो एकदिवसीय, भारतले पहिले ब्याटिङ गर्ने



काठमाडौँ, १२ कात्तिक । भारत र वेस्ट इन्डिजबीच भारतको मुम्बईमा आज हुन लागेको चौथो एकदिवसीय क्रिकेटमा टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो ।

आजको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको छ । मध्यक्रमका ब्याट्सम्यान केदार जाधव र रविन्द्र जडेजा टिममा फर्किका छन् भने रिषभ पन्त र युजवेन्द्र चहललाई हटाइएको छ ।टस जितेपछि प्रतिक्रिया दिँदै भारतीय कप्तान विराट कोहलीले मुम्बईको खेल मैदानमा बढी रन बन्ने भएकाले ब्याटिङलाई ध्यानमा राखिएको बताए ।

वेस्ट इन्डिजले पनि एकजना खेलाडी परिवर्तन गरेको छ । यसअघिको खेलमा सहभागी भएका बलर ओवेद म्याककोएको स्थानमा कीमो पललाई मौका दिइएको कप्तान जेसन होल्डरले जानकारी गराएका छन। एजेन्सी



प्रतिक्रिया दिनुहोस्