Logo

वीर अस्पतालमा चरम आर्थिक अनियमितता, कसले गर्ने कारबाही ?



कात्तिक २५,काठमाण्डौ । राष्ट्रिय सर्तकता केन्द्रमा वीर अस्पतालको विषयमा अनियमितता भएको भन्दै धेरैपटक उजुरी परेको थियो ।

सर्तकता केन्द्रको टोलीले वीर अस्पतालको अनियमितताबारे सत्य तथ्य जानकारी लिनका लागि छानविन समिति गठन गरेको थियो । वीर अस्पतालले कर्मचारी, उपकरण, औषधि गरी विभिन्न विषयमा ठगी गरेको पाइएको छ ।

नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल बीर अस्पतालभित्र आर्थिक अनियमितता हुने गरेको तथ्य फेला परेको छ । राष्ट्रिय सर्तकता केन्द्रमा धेरै लामो समयदेखि बीर अस्पतालको नाममा उजुरी आउन थालेपछि केन्द्रले टोली गठन गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो । वीर अस्पतालमा उपकरण र औषधि खरिददेखि कर्मचारी भर्नासम्ममा अनियमितता भएको हो । १५ करोड ९५ लाखमा मेसिन उपलब्ध गराउने बोलपत्र अस्वीकृत गरेर २० करोड ४९ लाखको प्रस्ताव सदर गर्दै मेसिन खरिद गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिस्तरीय निर्णयबाट इस्टिमेट स्वीकृत गरी दुईवटा मेसिन खरिदका लागि बोलपत्र आह्वान भएपनि खरिद अनुमति दिने वेला अनियमितता भएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनका लागि कुरा गर्दै लामिछानेले आर्थिक वर्ष ०७२–७३ को खरिद दररेटमै औषधि खरिद गरेर २८ लाख ४६ हजार २ सय ४ रुपैयाँ आर्थिक अनियमितता भएको बताए ।

यस विषयमा बीर अस्पतालका निर्देशक डा. भुर्पेन्द्र बस्नेतसँग कुराकानी गर्न खोज्दा उनले बहाना बनाएर पन्छिए । टेलिफोनमा कुरा गर्दा यस विषयमा निर्देशक बस्नेतले संचारमाध्यममा बोल्न नसक्नेसमेत बताएका छन् ।

अडियो रेकर्ड सुरक्षित छ ।

खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा खरीद प्रक्रिया अगाडि नबढाउँदा आर्थिक वर्षको अन्त्यतिर बजेट फ्रिज हुने भन्दै हतार हतारमा खरीद गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । औषधि र सरसफाइलगायत अन्य सामग्री सोझै खरीद गर्ने प्रवृत्ति देखिएको छ ।

पदाधिकारीले वीर अस्पतालमा ९४ र ट्रमा सेन्टरमा एक सय जना स्वीकृतीविना दरबन्दी नियुक्त गरिएको पाइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को उपदफा १ अनुसार न्यून कबोल गरिएको बोलपत्रलाई स्वीकृत नगरी बढी मूल्यको बोलपत्र स्वीकृत गर्नु भ्रष्टाचार ठहरिन्छ ।



प्रतिक्रिया दिनुहोस्