काठमाडौं, १ मंसिर । चर्चित नायिका सुष्मा कार्कीले आफूलाई बलिउड सुपरस्टार सलमान खानले हग गरेर किस गरेकोे खुलासा गरेकी छिन् । बेलायत भ्रमणमा जाँदा आफूले सलमानसँग भेट गरेको र पहिलो भेटमै किस गरेको उनको दाबी छ ।
शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका कार्कीले यस्तो दाबी गरेकी हुन् ।
फरक प्रसँगमा नायिका कार्कीले आफू कहिल्यैपनि दुःखी नहुने स्पष्ट पारिन् । उनले भनिन्,”म जहिल्यैपनि खुशी नै हुन्छ । प्रत्येक दिन म खुशी छु । म कहिल्यै पनि रोएकी छैन् ।”