काठमाडौं, ४ मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले मंसिरभित्र नेकपाको एकता प्रक्रियाले पूर्णता पाउने पनि बताए।
सोमबार पाँचथरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिन जुटिरहेको उनको भनाई छ।
थापाले भने,‘पार्टी एकतालाई छिटो भन्दा छिटो पूर्णता दिन आवश्यक छ’, ‘ढिलाई हुँदा एकता विरोधीहरु खेल्ने ठाँउ पाउँछन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट समाजवादको लक्ष्यको रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान अघि सारिएको उनले बताए।
विश्व नै चकित हुने किसिमको कम्युनिस्ट एकता भएको भन्दै तीनै तहमा बहुमत हासिल गरेर प्राप्त असाधारण परिवर्तनलाई निरन्तरता दिन जुट्नुपर्ने अवस्था रहेको थापाले बताए। चाडै एकता प्रक्रिया पूर्ण हुनेमा ढुक्क हुन कार्यकर्तालाई आह्वान गरे।