काठमाडौं ६ मंसिर । महासमिति बैठकको तयारीका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ देखि बस्ने भएको छ । पहिलो बैठकमै विधान संशोधन समितिले विधानको मस्यौदा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई वितरण गर्ने एजेण्डा तय भएको छ ।विधान अध्ययनका लागि दुई दिनको समय दिई पुन: बैठक बोलाइने उपसभापति बिमलेन्द्र निधिले बताए ।
समितिले फरक मतसहित विधान मस्यौदा केन्द्रीय कार्यसमितिमा बुझाउने तयारी गरेको छ । पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या, पदाधिकारी, अनुशासन समिति, संसदीय समितिको निर्वाचन प्रक्रिया, पार्टीको सदस्यता, विशेष परिस्थितिको व्याख्यालगायतका कतिपय विशेषमा समितिले सहमित जुटाउन सकेको छैन । यी विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरुले फरक मत राखेका छन् ।
समितिस्तरमा सहमति जुट्न नसक्ने भएपछि समितिले फरम मतसहित मस्यौदा केन्द्रीय कार्यसमितिमा बुझाउने तयारी गरेको हो ।