मंसिर ६, काठमाण्डौ । अस्पतालनै फोहर र दुर्घन्धित भएपछि त्यहाँबाट दिइने उपचार सेवा कस्तो होला ? काठमाण्डौ उपत्यकामा अस्वस्थ व्यक्तिलाई स्वस्थ बनाउनका लागि संचालित अस्पतालनै अस्वस्थ छन् । वातावरण विभागले त्यस्ता ३७ वटा अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ ।
न्यूनतम वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका काठमाण्डौ उपत्यकाका अस्पतालमाथि वातावरण विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छ । संक्रमणजन्य फोहोर व्यवस्थापनमा गरेको लापरबाहीले मानव स्वास्थ्यमा गम्भीर असर परेको ठहर गर्दै विभागले काठमाडौं उपत्यकाका ३९ वटा अस्पतालमाथि कारवाही थालेको हो । विभागले ३९ वटा अस्पतालमा अनुगमन गरेकामा ३७ वटा अस्पातले लार्पवाहि गरेकोपाईएको थियो ।
विभागले गरेको अनुगमनमा शहीद गंगालाल, मनमोहन, ग्रिनसीटी, नेपाल आँखा अस्पताल, विपी स्मृती अस्पताल, नेपाल प्रहरी अस्पताल, नर्भीक अस्पतालले मानव स्वास्थ्यलाई वेवास्ता गरी संक्र्रमण जन्य फोहोर शल्याक्रिया गरेका मानव अंग प्रदुषीत पानी जथाभावी फालेको पाइएको थियो । नियम उल्लङघन गरी लापरवाहि गरेका अस्पतालमाथि ऐनकानुन बमोजीम कारवाहि अघि बढाउने विभागले जनाएको छ ।
वातावरण विभागले अस्पतालमाथि कारवाहि गर्ने तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले भने अवरोध गरेको छ । मानव स्वास्थ्यमा असर पर्ने काम गरे पनि मापदण्ड बनाउनु पहिले नै खुलेका अस्पतालहरुमाथि कारवाहि गर्ने नसकिने भन्दै मन्त्रालयले ति अस्पतालको बचाउ गरेको छ । चरम लापरबाही गर्ने अस्पताललाई नै स्वास्थ्य मन्त्रालयले छुट दिन खोज्नुको रहस्य भने स्पष्ट छैन । मन्त्रालयले यतिसम्म भनेको छ कि ति अस्पतालाई कारबाही गर्दा विरामीलाई नकारात्मक प्रभाव पर्छ ।
नियम विपरित र मापदण्ड पूरा नगरी संचालन भएको तथ्य फेला परिसकेपछि मन्त्रालयले नै यस्ता बहानामा छुट दिनुले मन्त्रालयको नियत शंकास्पद देखिएको छ ।