Logo

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त



काठमाडौँ,१६ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन।

शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे१ख ८४९ नंको बस दुर्घटनामा परी ज्यान गुमाउने लेकबँेसी नगरपालिका–८ सुर्खेतका ४० वर्षीय जानकी दर्लामी र २२ वर्षीय देउमाया वन्काटीप्रति उनले शोक व्यक्त गरेका हुन।

मुख्यमन्त्री शाहीद्वारा जारी शोक वक्तव्य भनिएको छ, “केही समययता भइरहेका शृङ्खलावद्ध दुर्घटनाहरु र त्यसबाट भइरहेको जनधनको क्षतिले आफूलाई चिन्तित तुल्याएको छ । शनिबार दुर्घटनामा ज्यान गुमाउनेको मृतात्माको चीर शान्तिको कामनाका साथै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

मुख्यमन्त्री शाहीले शनिबार राति नै बस दुर्घटनाका घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । घाइतेका आफन्तले अस्पतालबाट उपचारमा लापरवाही भएको गुनासो गरेपछि मुख्यमन्त्री शाही अस्पताल पुगेर उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्