काठमाडौं १७ मंसिर । भारत उत्तराखण्ड प्रदेश अन्तर्गत धारचुलाको दारमाबाट मुनस्यारी विवाहमा गएको जीप दुर्घटना हुँदा एक नेपालीसहित दुई जनाको मृत्युभएको छ। दुर्घटनामा सातजना घाइते भएका छन्।
विवाहबाट घर फर्किने क्रममा युके ०५ एलपी २९१० नम्बरको जीप जौलजीवि मुनस्यारी मार्गको दरकोटमा दुर्घटना भएको हो।
दुर्घटनामा दार्चुलाको महाकाली नगरपालिका ४ का ३८ वर्षीय अरविन्द चुनारा र अर्का भारतीय नागरिक २८ वर्षीय मुकेश बर्माको मृत्यु भएको हो।