Logo

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ तयार हुँदै



काठमाडौं १७ मंसिर । अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ ।

विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधै प्रधानमन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरका अनुसार वार रुम तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’मार्फत संवाद गर्न सक्नेछन् । उनका अनुसार वार रुम तयार पार्न तीनवटा कम्पनीसँग प्रस्ताव मागिएको छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्