Logo

एसिया प्यासिफिक समिटबारे क्रिष्चियन र हिन्दु धर्मका अनुयायीबीच यसरी भयो चर्काचर्की (भिडियो)



मंसिर १९, काठमाण्डौ । नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिवी गहतराजले एसिया प्यासिफिक समिटलाई भ्रमको भुमरीको संज्ञा दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गहतराजले भ्रमको भुमरीमा पत्रकारदेखि नेताहरु र विभिन्न धर्मसँग जोडिएका व्यक्तिहरु फसेको जिकिर गरे ।

समिट क्रिष्चियनहरुले गरेको नभै भ्रमको खेति गर्नेहरुले गरेको गहतराजले बताए ।

डा. चिन्तामणि योगीले भने आफू अन्तरधार्मिक कार्यक्रम भन्ने ठानेर सहभागि भएको बताए । आफू क्रिष्चियनको चर्चमा गएर पनि हिन्दु धर्मको प्रचार गर्न पछि नपर्ने भन्दै योगीले समिटमा आफ्नो सहभागिता पृथक भएको जिकिर गरे ।

“म धर्म निरपेक्षताको विरुद्धमा जहाँ गएर पनि बोल्न सक्छु ।” योगीले भने । समिटले नेपालको हिन्दुत्वमाथि नराम्रो प्रहार गरेको योगीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्