Logo

कांग्रेसको बैठक किन लम्बिदैछ, यस्तो छ विवादको चुरो



मंसिर १९, काठमाण्डौ । नेपाली काग्रेसको विधान समितिले तयार गरेको संसोधित विधान केन्द्रीय समिति छलफल जारी छ । केन्द्रीय समितिमा प्रस्तुत गरिएको संघीय ढाचाको नयाँ संशोधित विधानका वारेकामा विभिन्न धारणाहरु आएका छन ।

नयाँ विधानमा प्रस्ताव गरिएको ८५ बाट १४१ सदस्यीय केन्द्रीय समितिकोवारेमा नेताहरुले नै असन्तुष्ट छन् । कसैले बढाउनु पर्नेमा जोड दिएका छन भने कसैले यथावत राख्नु पर्ने बताउँदै आएका छन ।

कांग्रेसको प्रस्तावीत विधानमा १ सय ४१ सदस्यीय केन्द्रीय कार्य समितिको ब्यवस्था गरिएको छ । त्यसमा २५ प्रतिशत सदस्य सभापतिले मनोनयन गर्ने ब्यवस्था छ । हाल कायम रहेको ८५ सदस्यीय केन्द्रीय समितिलाइ बढाएर १ सय ४१ सदस्य बनाउने प्रस्ताव गरिएको भएपनि पदाधिकारी संख्या पुरानै व्यवस्था अनुसार कायम गरिएको प्रस्तावमा उल्लेख छ । संस्थापनइतर पक्षले केन्द्रीय कार्यसमिति बढाउने हो भने पदाधिकारी ११, उपसभापति ३, महामन्त्री ३ राख्ने ब्यावस्था गरिनु पर्नेमा जोडदिदै आएको छ । तर यस वारेमा संस्थापनपक्ष मौन छ । नेता लोकेस ढकालले कग्रेस केन्द्रीय समितिको संख्या बढाउनुको औचित्य नभएको बताए ।

विधानमा समावेश गरिएका विषलाई लिएर कग्रेसमा ब्यापक असन्तुष्टिका स्वर सुनिन थालेका छन । शिर्ष नेताहरुले नै विधानलाइ आआफनो अनुकुल अनुसार प्रयोग गर्न खोजेका कारण समस्या आएको हो । पार्टीलाई ससतm रुपमा अगाडी बढाउन नेताहरु चुकेको पनि ढकालको दावी छ ।

संस्थापन इतरपक्षले संसदीय समितिको संख्या,निर्वाचन प्रकृया,विशेषपरिस्थितिको ब्याख्या लगाएतमा फरक मत राख्दै आएको छ । केन्द्रदेखि तल्लो स्तरसम्म समेटेर तयार पारिएको विधान नेताहरुको स्वार्थ मिल्न साथ केन्द्रीय समितिले अनुमोदन गर्ने छ । जसलाई कग्रेसको महासमिति बैठकले स्वीकृत गरेपछि कग्रेसको नयाँ रोडम्याप तयार हुने छ ।



प्रतिक्रिया दिनुहोस्