Logo

सुदुरपश्चिम प्रदेशःमेरो मञ्जुरी बिना सिफारिस गरिएको होः पूर्व सभापति



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका पूर्व सभापति मन बहादुर रावलले आफ्नो मञ्जुरी विना सुदुरपश्चिम प्रदेशको सदस्यमा छनोट गरेकोमा आपत्ति जनाएका छन् । पूर्व सभापति रावलले एक विज्ञप्ती जारी गरेर प्रदेश सरकारले आफुसँग कुनै सुझाव नलिएर सदस्य पदमा छनोट गरेको भन्दै आपत्ति जनाएका हुन ।

विज्ञप्तीमा भनिएको छ,‘ नेकपाले यसैलाई आधार बनाई मसँग सोधपुछनै नगरी सुदरप्रश्चिम प्रदेशको सदस्य पदमा आफूतिर आकर्षित गर्ने उद्देश्यले सिफारिस गर्नु स्वभाविक ठानेता पनि मेरो मञ्जुरी विना गरिएको उक्त निर्णयलाई अस्वीकार गर्दछु । यस निर्णयले आम सर्वसाधारणमा पर्न गएको अफवाह र भ्रमबाट मुक्त हुन सम्पूर्ण सबैमा हार्दिक अनुरोध गर्दछु ।’

प्रेस विज्ञप्ती

प्रजातन्त्रका लागि २०१छ साल देखि बुवा महाविर रावल र काका दिल्ली रावलको सक्रिय भूमिकाका साथै २०३६ साल देखि आजका मिति सम्म लगातार राष्ट्रियता, लोकतन्त्र र कानूनी शासनका लागि मैले कसैसँग कुनै किसिमको सम्झौता नगरी उम्भीएको छु । निरदलिय पञ्चायतको विरुद्धमा नेपाली कांग्रेसको एक शासक्त सिपाही भएका कारण तत्कालिन राज्य व्यवस्थाबाट पटक पटक फरक-फरक मुद्दा, बुटाई, पिटाइका साथै भएको जागिर समेतबाट हात धुनु परेको थियो मैले ।

२०७४ सालदेखि २०७५ सालसम्म नेपाली कांग्रेस बाजुराको सभापति भई निष्ठापूर्वक जिम्मेवारी निभएको थिए । २०३६ सालदेखि २०७४ सालसम्म अनवरत रुपमा ३८ वर्षे लामो समय गतिशिल संगठन निर्माणका लागि विताएको हूँ । यति लामो समयसम्म पार्टी संगठनको काम गर्नु मेरो लागि मात्रै नभई इमान्दारी पूर्वक काम गर्ने जो कसै व्यक्तिका लागि पनि सकस र कष्टपूर्ण कार्य हो जस्तो लाग्छ मलाई । लाभको पदको आशा नैनगरी पार्टी संगठनलाई नै सर्वपरी ठानी निरन्तर सकृय रही रहे ।

२०७५ सालको निर्वाचनको टिकट वितरणमा नेतृत्वबाट भएको गम्भीर त्रुटीलाई शहन गर्न नसकी निर्वाचनमा निस्कृय रहनुका साथै नेपाली कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र बस्ने निधो गरे । म निष्कृय भएर बसेको १४ महिना भयो । नेपाली कांग्रेस पार्टीबाट निस्कृय भएको व्यक्ति सरासर कुनै अर्को पार्टीको सदस्य हुन्छ र हुनै पर्छ भन्ने सोच भएका बाजुराका कांग्रेस र कम्यूनिष्ट प्रति दया लागेर आउँछ । के कुनै पार्टी संगठनको सदस्य नभएर बाँच्न र स्वतन्त्र भएर बस्न सक्दैन व्यक्ति ? हो मेरो विद्रोहले तत्काल बामगठनबन्धनलाई सहयोग पुग्छ सक्छ, पुग्यो होला ।

नेकपाले यसैलाई आधार बनाई मसँग सोधपुछ नै नगरी सुदरप्रश्चिम प्रदेशको सदस्य पदमा आफूतिर आकर्षित गर्ने उद्देश्यले सिफारिस गर्नु स्वभाविक ठानेता पनि मेरो मञ्जुरी विना गरिएको उक्त निर्णयलाई अस्वीकार गर्दछु । यस निर्णयले आम सर्वसाधारणमा पर्न गएको अफवाह र भ्रमबाट मुक्त हुन सम्पूर्ण सबैमा हार्दिक अनुरोध गर्दछु । म सक्रिय राजनीतिबाट स्वतन्त्र भएर बसे पनि मेरो लोकतन्त्र र लोकतान्त्रिक पद्धति प्रतिको निष्ठा सदा अटुट रहनेछ । जीवनभर राजनीतिलाई सेवाको रुपमा लिँदै आएको म, एक मुठी साँस रहुन्जेल जनता, समाज र देशको सेवामा लागि रहने प्रण गर्दछु ।
धन्यवाद ! जय नेपाल

 मनबहादुर रावल
पूर्व सभापति
नेपाली कांग्रेस, बाजुरा



प्रतिक्रिया दिनुहोस्