Logo

दुई कम्युनिष्ट नेताले कार्यक्रममै कुटाकुट गर्दै यसरी खोले एक-अर्काको पोल (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । दुई कम्युनिष्ट पार्टीका नेताहरुबीच सरकारको कामको पक्ष र विपक्षमा आफ्नो धारणा राख्ने क्रममा भनाभन हुँदै झण्डै हात हालाहालको स्थिति सिर्जना भएको छ ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका स्थायी समिति सदस्य केशब बडाल र नेकपा(माले) का महासचिव सिपी मैनालीबीच यस्तो भनाभन भएको हो ।

कार्यक्रमको सुरुवातमै पत्रकार धमलाले देशको अवस्था कस्तो छ भनेर नेता बडाललाई प्रश्न तेर्साएका थिए । धमलाको प्रश्न खस्न नपाउँदै अवस्था अहिले सुधारोन्मुख रहेको केशब बडालले दाबी गरेका थिए ।

तर, वर्तमान सरकारले जनताको भावनाबमोजिम काम गर्न नसकेको महासचिव मैनालीले आरोप लगाए । सत्तारुढ दलसँगपनि प्रधानमन्त्रीले अहिलेसम्म छलफल गरेको आफूले नसुनेको उनको भनाई छ । सुरुदेखि नै आफ्नो दललाई कमजोर बनाउनकोलागि नेकपा लागिपरेको मैनालीको गम्भिर आरोप छ ।



प्रतिक्रिया दिनुहोस्