Logo

४ देशका सिफारिस राजदुतको सुनुवाई आज हुने



काठमाडौ २३ मंसिर । सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई आज हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिले आज सुनुवाई गर्न लागेको हो । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदुत सिफारिस गरेका निलाम्बर आचार्य, यूएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जनाए ।

प्रस्तावित राजदुतहरु मध्ये एकजना उपर समितिमा उजुरी परेकाले शुक्रबार नै सो सम्बन्धमा छलफल गरिने सभापति कर्णले जनाए । राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदुतहरुसँग पनि विशेष छलफल गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्