Logo

राज्यलाई सबल र सक्षम बनाउन सहकारीको भूमिका महत्वपूर्ण



कौरव खत्रीः गुल्मी २३ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोटमा रहेको महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले राज्यलाई सबल र सक्षम बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

साथै अधिकृत भण्डारीले महिलाहरुको हक अधिकार स्थापित गराउन स्थानीय सरकार अग्रसर भएको भन्दै राज्य पुग्न नसकेको ठाँउमा पनि सहकारी पुगेकोले यसको प्रभावकारी बढेकोले सहकारी मार्फत धेरैलाई रोजगारी दिएको बताए

त्यस्तै उनले यसरी महिलाहरु मात्र आवद्ध भएर सहकारी चलाउनु गौरवको कुरा भएको भन्दै आर्थिक विकासमा एउटा खम्बाको रुपमा सहकारी रहेको बताए ।

सोही अवसरमा वडा अध्यक्ष लक्षमण खत्री, सामाजिक परिचालिका अनिशा केसी,वडा सदस्य शान्ती नेपाली,त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर महत,खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर सुर्यबंशी,सेयर सदस्य मुमादेवी सुनार,मोतिकला कार्की,व्यवस्थापक सावित्रा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाले तारा महतको अध्यक्षतामा ९ सदस्यीय कार्य समतिको पूर्नगठन गरिएको छ ।

समितिको उपाध्यक्ष राधिका घिमिरे,सचिव शुसिला पोखरेल,सह सचिव कमला आचार्य,कोषाध्यक्ष पूर्णकला महत अन्य सदस्यहरुमा मुमादेव िसुनार,धर्मकुमारी महत,भिमकुमारी नेपाली,कल्पना घिमिरे रहेका छन् । त्यस्तै सिता कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको गठन गरिएको छ ।

समितिको सदस्यहरुमा गोमा खत्री,रेशम रायमाझी रहेका छन् ।भने सपना खत्रीको संयोजकतवमा ३ सदस्यीय अनुगमन समितिको गठन गरिएको छ ।समितिका सदस्यहरुमा कमला थापा लगायत रहेका छन् । अन्य कार्यसमितिका २ जना आमन्त्रित सदस्य तथा क्रृण समितिलाई पछि पुरा गर्ने संस्थाले जनाएको छ ।

साधारण सभामा बरिष्ठ समाजसेवी राम बहादुर केसी,पकार कौरव खत्री,जनज्योति प्राविका शिक्षक विष्णुप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाद्धारा प्रमुख अतिथिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । संस्थाकी कोषाध्यक्ष शुसिला पोखरेलले आर्थिक बर्ष २०७४-०७५ को ३९ लाख,११ हजार, ११ रुपैया बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन् ।

२०६३ सालमा २५ जना महिलाहरु मिलेर स्थापना गरेको सहकारीमा हाल ३ सय,८ जना संस्थाका शेयर सदस्य संख्या रहेका छन् ।साधारण सभा संस्थाका अध्यक्ष पार्वती खरालको अध्यक्षता तथा संस्थाकी सह सचिव कमला आचार्यको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने संस्थाकी सचिव तारा महतको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्