Logo

ओलीलाई समय व्यवस्थापन गर्न धौ–धौ



काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय व्यवस्थापन गर्न धौ–धौ परेको छ । पछिल्लो समय उनले समय व्यवस्थापन गर्न नसक्दा पार्टीभित्रैबाटपनि आलोचना खेप्नु परेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सचिवालय बैठकमा पनि ओली समयमा नपुगेपछि शीर्ष नेताहरुले नै बैठक बहिष्कार गरेका थिए ।

हुन त ओलीको यो पूरानै रोग हो । आजसम्म पनि ओली बोलाएको समयमा पुग्ने गरेका छैनन् । नेकपाकै कतिपय नेताहरुले व्यंग्य कस्ने गरेका छन्,‘मोदी, सि जिनफिङ र ट्रम्पलाई त समयमै भेट्न पुग्न नसक्ने ओलीलाई नेकपाका नेताहरुले के सबक सिकाउन खोज्नु ?’ आज पनि ओली सिंहदरबारमा अन्तरप्रदेश परिषदको बैठकमा पौने दुई घण्टा ढिला उपस्थित् भए ।

हिजोको बालुवाटारको घट्नाले पनि ओलीले चेतेनन् । आफ्नै पार्टीका नेताहरुले समयको महत्व सिकाउन हिजो बैठक बहिष्कार गरेपनि ओली समयमै पुग्लान भन्नेमा अझै शंका छ । किनकी अहिलेसम्म कुनैपनि कार्यक्रममा ओली समयमा पुगेको ईतिहाँस छैन् ।



प्रतिक्रिया दिनुहोस्