काठमाडौं, २३ मंसिर । आज बसेको अन्तरप्रदेश परिषदको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा सातै प्रदेशका मख्यमन्त्रीहरूलगायत प्रधानमन्त्री र अन्य मन्त्रीहरूको उपस्थिति थियो।
आजको बैठकमा चार जना मुख्यमन्त्रीहरूले आफ्नो धारणा राखेका थिए । उनीहरुले कर्मचारी व्यवस्थापन, वित्त आयोग गठन ऐनहरु निर्माण र विकास निर्माणसम्बन्धी समस्या र तिनको समाधानबारे धारणा व्यक्त गरेका थिए।