Logo

सिके राउत राष्ट्रघाती हुन्, कडा सजायँ हुनुपर्छ : मूख्यमन्त्री राउत (भिडियोसहित)



मंसिर २४, काठमाण्डौ । प्रदेश दुईका मूख्यमन्त्री लालबाबु राउतले तराई–मधेशमा अराजक गतिविधि गरेको भन्दै सिके राउतलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राउतले मधेशी जनता राष्ट्रवादी भएको भन्दै सिके राउत चाँही राष्ट्रघाती भएको जिकिर गरे ।

सिके राउतको राजनीति आफूहरुलाई मन नपरेको राउतले बताए ।

राउतले आफू नेतृत्वको २ नम्बर प्रदेश सरकारले अब बलात्कारी र भ्रष्टाचारीलाई फाँसी र मृत्युदण्ड दिने घोषणा गरेका छन् । केन्द्र सरकारले पनि बलात्कारीलाई फाँसी दिने घोषणा नगरेको अवस्थामा मुख्यमन्त्री राउत केन्द्रिय सरकारभन्दापनि एक कदम माथि उठेर यस्तो सनसनीपूर्ण घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्