Logo

मुख्यमन्त्रीहरु र प्रधानमन्त्रीबीच सवाल–जवाफ जारी



मंसिर २४, काठमाण्डौ । मुख्यमन्त्रीहरुसँग अन्तरपरिषद बैठक बसिरहेका प्रधानमन्त्री केपी ओलीले अधिकार र कर्तव्यको ख्याल गर्न सातै प्रदेशका मुख्यमन्त्रीलाई सचेत गराएका छन् ।

संघीयता र संविधानको मर्मविपरित कुनै पनि काम नगर्न सचेत गराउँदै ओलीलेप्रदेश सरकारको हरेक कामलाई संघीय सरकारले अनुगमन गर्ने बताए ।

प्रदेश सरकारलाई संविधान र आवश्यकताअनुसार अधिकार दिनमा कञ्जुस नगर्ने प्रतिवद्धता पनि ओलीले व्यक्त गरेका छन् ।

हिजोदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्रीहरुले प्रदेश सरकारका लागि आवश्यक कर्मचारीहरु नदिइएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सुरु भएको बोल्ने क्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा आएर टुंगिएको थियो । बाँकी तीन मुख्यमन्त्रीहरुले आज बोल्दैछन् ।

मुख्यमन्त्रीहरुले आआफ्नो प्रदेशले उठाएका समस्याहरु समयमै सम्बोधन नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले अन्तर प्रदेश समन्वय परिषद्को सचिवालय बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्