ललितपुर, २४ मंसिर । संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका—८ बिष्णुडोल गाउँमा श्रीमद्भावगत् ज्ञान विराट महायज्ञको शुभारम्भ गर्नुहुने भएको छ ।
मङ्गलबार विहान १० बजे विशेष समारोहबीच उहाँले महायज्ञ उद्घाटन गरेपछि पौष ३ सम्म कथा वाचन तथा सांस्कृतिक कार्यक्रमहरु हुनेछन् ।
ललिपुर जिल्लामा निकै चासोका साथ हेरिएको महायज्ञको शुभारम्भमा विशेष अतिथिका रुपमा प्रत्यक्ष तर्फ निर्वाचित सांसदहरु नवराज सिलवाल, कृष्णलाल महर्जन र पम्भा भुषाल, राष्ट्रिय सभाकी सांसद धना खतिवडा, प्रदेश सभा सांसदहरु राजकाजी महर्जन, माधव पौडेल, पूर्व सांसदहरु चन्द्र महर्जन, रामकृष्ण चित्रकार, सरकारी निकायका उच्च पदस्थ अधिकारी, स्थानीय समाजसेवीको उपस्थिति रहने आयोजकले जनाएको छ ।
महायज्ञ आयोजक कमिटिका अध्यक्ष कुबेर केसीका अनुसार महायज्ञबाट संकलित रकम बिष्णुडोल खानेपानी तथा सरसफाई समितिले संचालन गर्दै आएको खानेपानी आयोजनाको क्षमता अभिवृद्धि गरिनेछ ।
हाल एक हजार नागरिकले उपभोग गर्दै आएको खानेपानी क्षमता अभिवृद्धि गरी पाँच हजार नागरिकसम्म खानेपानी पु¥याउने लक्ष्यका साथ ट्यांकी निर्माण गरिने केसीले बताए । २६ मंसिर देखि ३ पौषसम्म आयोजना हुन लागेको श्रीमद्भावगत् विराट ज्ञान धान्याचल महायज्ञमा भुवन गुरुबाट कथा वाचन हुनेछ ।