काठमाडौँ, २४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा सत्तारुढ दलकै शीर्ष नेताहरुले बहिष्कार गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आजको कार्यक्रममा सहभागी भएनन् ।
उता, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवपनि आजको चियापानमा सहभागी भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कोही पनि शीर्ष नेताहरु आजको चियापानमा सहभागी भएनन् ।
चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरुको भने उपस्थिति रहेको थियो । आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गरेका थिए ।