Logo

मन्त्री महासेठ भन्छन्,-विक्रम पाण्डे निर्दोष छन्, उनी भ्रष्टाचारी होइनन्



मंसिर २४, काठमाण्डौ । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले सिक्टा सिँचाई आयोजना निर्माणका क्रममा भ्रष्टाचारको आरोप लागेका पूर्व मन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे निर्दोष भएको बताएका छन् ।

महासेठले भने–“विक्रम पाण्डेविरुद्ध जसरी अख्तियार दुरुपयोग अनुसन्धानले मुद्धा चलाएको छ । त्यसमा उनको संलग्नता नहुन सक्छ । किनकी आयोजनाको नहर बनाउँदा भत्किनु स्वभाविक हो । अन्य देशका धेरै ठूला आयोजनामा पनि यस्तो समस्या आउन सक्छ ।”

कालिका कन्ट्रक्सनका संचालन पाण्डेमाथि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरे पनि उनीमाथिको आरोप पुष्टी हुन नसक्ने महासेठले दावी गरे ।

बाँकेको सिक्टा सिंचाई आयोजनामा अनियमितता भएको भन्दै पाण्डेसहित २१ जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

तर मन्त्री महासेठले कुनै पनि संरचना भत्किनुमा निर्माण कम्पनीको दोष हुन नसक्ने बताए ।

पाण्डेबाहेक अरु २० जना पनि भ्रष्टाचारी प्रमाणित हुन नसक्ने महासेठको दावी छ ।



प्रतिक्रिया दिनुहोस्