जनकपुरधाम, २६ मंसिर । विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आईसकेका छन् ।उनको सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।
विमानस्थलमा योगीलाई भव्य स्वागत गरिएको थियो । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई भव्य स्वागत गरेका थिए । योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका लागि गएका छन् ।