काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच नै टेलिभिजन कार्यक्रममा बाझाबाझ भएको छ । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच निकै घम्साघम्सी परेको हो ।
सभापति शेरबहादुर देउवा पक्ष नेता महेन्द्र यादव र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेता प्रदिप पौडेलबीच एक आपसमा आरोप प्रत्यारोप परेको हो । देउवाको कारण पार्टी ध्वस्त भएको भन्दै पौडेलले आरोप लगाएका थिए ।
तर, पौडेलको बोली भुँईमा खस्न नपाउँदै नेता यादवले सिधै प्रतिवाद गरे । उनले पौडेलका कारण चाहीँ पार्टीमा दिनप्रतिदिन विवाद बढेको उल्टै आरोप लगाए ।