काठमाडौं, २८ मंसिर । संस्कृतविद् डा.रमेशचन्द्र अधिकारीले ‘हरि जीव सत्य धर्म’ का गूरु कमल प्रसाद भट्टराईको आध्यात्मिक क्षमता देखेर आफु दङ परेको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालमा ‘हरी जीव सत्य धर्म’ले विश्व शान्तिका लागि विश्व महायज्ञको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.अधिकारीले यस्तो बताएका हुन ।
उनले भने,‘विदेशीहरुले हाम्रो सनातन धर्ममाथि हमला गरिरहेको बेलामा गूरु भट्टराईले अंगीकार गर्दै आउनुभएको ‘हरि जीव सत्य धर्म’ले सबैमा धर्मप्रतिको साझा भावनाको विकास गराउने ध्यय राखेको छ, यो धर्म लिङभेद छैन्, कुनै छुवाछुत छैन, हिँसा छैन्, विश्व शान्तिको लागि सयौं वर्षदेखि यो धर्मले आफ्नो क्षेत्रमा काम गरिरहेको छ ।’
कार्यक्रममा धर्मगुरु कमलप्रसाद भट्टराईले आध्यात्मिक शक्ति नै ईश्वरीय शक्ति भएको दाबि गरे । उनले भने,‘धर्म सत्य रहन्छ, धर्म अमुर्त रहन्छ, धर्म भावना जोड्ने सेतु हो, विश्व ब्रहमाण्डका सबै मानिसमा साझा भावना हुनुपर्छ, मिल्नुपर्छ ।’
शान्ति कायम राख्नुपर्ने बताउँदै उनले थपे,‘सबैमा त्यो भावना उत्पन्न गराउने सक्ने शक्ति नै धर्म हो, संविधानले वर्तमान अवस्थामा सबै धर्महरुलाई साझा बनाएको छ, तर हाम्रो देशको सनातन धर्म संस्कृति विश्वकै पुरानो र ऐतिहासिक छ, यसको मर्म र भावनालाई जिवित राख्न सरकार र सरोकार पक्षले ध्यान दिनुपर्छ ।’
उनले अघि थपे,‘सबैका धर्महरु आफ्नो लागि उत्तिकै प्रिय हुन्छन्, हिन्दुहरुले हिन्दु धर्म र राज्यका भलाई हुनेकाम गर्नबाट पछि हट्नुहुँदैन, धर्ममा कुनै सानो र ठूलो हुँदैन, संसारमा मानिसको जात एउटै हुन्छ, नारीलाई देवीको रुपमा पुज्नुपर्छ, बोक्सीको आरोपमा कुट्नु दण्डनीय हो, नारीमाथिका हिँसाको अन्त्य हुनुपर्छ।’
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले ‘हरि जीव सत्य धर्म’का गुरुको खुलेर प्रशंसा गरेका छन् । उनले भने,‘म आजको दिनसम्म उहाँले देखाएको बाटोमा हिँडिरहेको छु, जन्मस्थान, आमाबाबा र गूरुलाई भुल्नुहुँदैन भन्ने कुरा मैले प्रत्येक पाईलामा सम्झिने गरेको छु, यस धर्मको प्रचार–प्रसार र विस्तारको लागि मेरो तर्फबाट पुरै सहयोग रहने कुरामा तपाईहरुलाई विस्वस्त पार्न चाहन्छु ।’
कार्यक्रममा धर्मगुरु भट्टराईकी आमा डिल्लीमाया भट्टराई, उपभोक्ता हित संरक्षण मञ्चका कार्यकारी निर्देशक एवम् अधिवक्ता हरिप्रसाद मैनाली, समाजसेवी धनश्याम मिश्र, ईन्द्रहाङ राईलगायतले ‘हरि जीव सत्य धर्म’का बारेमा आफ्ना धारणा राखेको थिए । संस्थाका महासचिव विश्वनाथ विश्वकर्माले सञ्चालन गरेका थिए ।
प्रेस विज्ञप्ती
‘हरी जीव सत्य धर्म’ कम्पनि रजिष्टार ऐन २०६३ बमोजिम दर्ता गरिएको मुनाफा रहीत बिशुद्ध सेवा मुलक सामाजिक संस्था हो ।
यसको आधिकारिक दर्ता २०७५ असोज १ गते गरिएको भएपनि यसको ऐतिहासिक पृष्ठभूमि सय वर्ष पुरानो छ । ताप्लेजुङ जिल्ला र्सिजङगा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिनमा प्राचिन कालदेखि बसोबास गर्दै आएका मानव समुदायको मौलिक र फरक खालको विधि पूजा तथा ईश्वरिय पुजाआजा गर्ने प्रचलन रहेको छ । पञ्चतत्व र श्रृष्टि पुजनको पाटोलाई अंगीकार गर्दै आत्माभित्रै ईश्वर रहेको कुरालाई विश्वास गर्ने र आत्माज्योतीलाई जगाई सम्पूर्ण कर्मकाण्ड जलफूलमै समापान गरिने चलन छ ।
वि.स १९७२ सालमा नरबहादुर भट्टराईको आत्ममा महामाता बुढि बज्यौको तत्वशक्ति दीव्यस्वरुप जोगधारण भयो । त्यसको तीन महिनामा उहाँकै वाणी अनुसार उहाँको मृत्यु भयो । उहाँकै वाणी अनुसार १२ वर्षपछि अडिमर्दन भट्टराई (जिवाप्रभु) मा २७ जोजनको ईश्वरीय तत्व दीव्यशक्ति जोगधारण भयो । उक्त तत्वशक्ति प्राप्त गर्नको लागि उजिरमान भट्टराई र अडिमर्दन भट्टराई तीन महिना २८ दिनसम्म कमानडल्लुको जलको साहरामा जोगधारण गर्नुभयो ।
१९८५ देखि २०१६ उहाँ गरिब दुःखी र विपन्नको साहरा बन्नुभयो । २०१६ देखि २०४६ सम्म धनबहादुर भट्टराई (गुरु व्यास) मा तत्वधारण जोगधारण भई सेवा गर्नु भयो । २०४६ बाट आजका मितिसम्म कमल प्रसाद भट्टराई सतगूरु बुढि बज्यौ तत्वशक्ति जोगधारण गरि १०८ दिनको ध्यानपछि प्रकट्यस्वरुप उदयमान हुनुभयो । यस धर्मले विगत लामो समयदेखि सामाजिक सांस्कृतिक, धार्मीक र प्रटकिय क्षेत्रमा आफ्नो तर्फबाट टेवापुर्याउँदै आएको छ ।
हाम्रा उद्देश्यहरु :
१, मानवता विश्वशान्ति र विश्वबन्धुत्वको मुल आधार भएको धर्म संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने ।
२, सनातन धर्म साँस्कृतिकसंग सम्बन्धित विभिन्न विषयमा खोज अनुसन्धान गरी प्रकाशन गर्ने ।
३, समाजमा स्वधर्म एवम् संस्कृतिको मत्वलाई दर्साउँदै सामाजिय सद्भाव कायम गर्ने ।
४, सनातन धर्म संस्कृतिक र आध्यात्मिक पुनःजागरणका लागि अनुसन्धान केन्द्रको स्थापना गर्ने ।
५, धार्मीक पाठपूजामा गरिदै आएको खाद्य पर्दार्थको प्रयोग निषेध गरी जलफूलको प्रयोग गर्ने र मितव्ययी कार्यहरु गर्ने ।
६, धर्म अवतारको दिव्यवाणीलाई अनुसरण गर्दै जीवन सरल र सहज बनाउने । हिँसारहति समाज निमार्ण गर्ने । नारीलाई देवीको रुपमा पूजा गर्ने । पाँचदिनमा कर्मकाण्ड सक्ने, कोरो ढिकुरो दान पिण्ड नगर्ने, थान मन्दीरको भाकल नगर्ने । विवाह स्वयम्बरी पद्धतीबाट गर्ने ।
विश्वनाथ विश्वकर्मा
महासचिव